![]() |
| Epicenter of quake - Sikkim Taplejung Border भु-कम्पको केन्द्रबिन्दु - सिक्किम र ताप्लेजुङ्को सिमना |
गत आइतबार साँझ गएको भू-कम्पले नेपालमा १० जना भन्दा बढीको ज्यान गएको छ भने हजारौ घरहरु भत्काएको छ अनि चर्काएको छ, साथै पुर्बांचल क्षेत्रको अधिकांश पहाडी राजमार्गमा पनि क्षति पुर्याएको छ |
भाग्यबस हामीले त्यति धेरै क्षति भोग्नु परेन | तर, भू-कम्पले चर्काएको घर अनि बाटो-घाटो साथै जग्गा जमिनमा हामीले आफ्नो दैनिक क्रियाकलाप गर्नु पर्ने भएकोले हामी सावधान हुनु जरुरि छ | हामी जो कोहि पनि भू-कम्प प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरुले प्रतक्ष्य रुपमा एक अर्कालाई सावधानी गराउनु जरुरि छ साथै प्रभावित क्षेत्र भन्दा टाढा रहेका व्यक्तिहरुले पनि आफ्नो आफन्तजनतहरुलाई अनि अरु जो कोहीलाई पनि सावधान गराउनु हाम्रो कर्तब्य हो अनि हाम्रो दायित्व हो |
त्येसैले चर्केको घर बाटो-घाटो अनि जग्गा-जमिन बाट सावधान!!!


